एमालेद्वारा लुम्बिनीका १२ वटै जिल्लामा इन्चार्ज तोकियो, कसले कहाँको जिम्मेवारी पाए?
सारांश
- नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ।
- पार्टीले रुपन्देहीमा खिमलाल भट्टराई र दाङमा नरुलाल चौधरीलाई इन्चार्ज तोकेको छ।
- महाधिवेशनपछि पार्टीलाई चलायमान बनाउन र सङ्गठन सुदृढीकरणका लागि नेताहरूलाई खटाइएको हो।
रुपन्देही । नेकपा एमालेले ११ औँ महाधिवेशनपछि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा इन्चार्जहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोज प्रसाद श्रेष्ठका अनुसार केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेशका सबै जिल्लामा नेतृत्व सम्हाल्ने गरी इन्चार्जहरू तोकिएको हो।
यसअघि नै पार्टीले लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई सुम्पिसकेको छ। पार्टीले तोकेको नयाँ जिम्मेवारी अनुसार रुपन्देहीको इन्चार्जमा खिमलाल भट्टराई र दाङमा नरुलाल चौधरी रहेका छन्।
त्यस्तै, बाँकेमा शान्तिदेवी ढकाल, बर्दियामा खडक बहादुर खड्का र कपिलवस्तुमा बलराम अधिकारीले इन्चार्जको भूमिका पाएका छन्। पहाडी जिल्लाहरू तर्फ प्युठानमा सूर्य थापा, अर्घाखाँचीमा बोमबहादुर विश्वकर्मा र गुल्मीमा जङ्गबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ।
अन्य जिल्लाहरूमा पाल्पाको इन्चार्जमा ठाकुर गैरे, नवलपरासीमा सरिता भुसाल (खनाल), रोल्पामा गोकुल घर्ती र रुकुम पूर्वमा खेममान खड्का चयन भएका छन्। महाधिवेशन पछि पार्टी पङ्क्तिलाई थप चलायमान बनाउन र स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणका लागि यी नेताहरूलाई जिल्ला कमान्डरको रूपमा खटाइएको हो।
उपाध्यक्ष श्रेष्ठले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नै जिल्ला इन्चार्जहरूले आफ्नो कार्यक्षेत्र सम्हाल्ने जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण