सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १४ : ५५
सारांश
- सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले उम्मेदवारी दर्ता गराएको छ।
- कांग्रेस र एमालेबीचको सहमति अनुसार महिलातर्फ लीला भण्डारीले उम्मेदवारी दर्ता गरिन्।
- यसअघि नेकपाबाट रोजी बस्नेत र टिकाराम जैशीले उम्मेदवारी दिएका थिए भने कांग्रेसबाट खम्मबहादुर खातीले पनि दिनेछन्।
धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।
भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका खम्मबहादुर खातीले भने अन्यमा उम्मेदवारी दर्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण