ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो घाइते
सारांश
- ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो जेलभित्र लडेर घाइते भएका छन्।
- बोल्सोनारोको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको छ, थप परीक्षणका लागि तयारी गरिँदैछ।
- उनी सन् २०२२ को निर्वाचनमा पराजयपछि वर्तमान राष्ट्रपतिको विरुद्ध 'कू' को षडयन्त्र गरेको आरोपमा जेलमा छन्।
ब्रसिलिया । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो जेलमा लडेर घाइते भएका छन् । मंगलबार बिहान जेलभित्र आफ्नो कोठामा सुत्नै लाग्दा उनी लडेको र टाउकोमा चोट लागेको बोल्सोनारोकी पत्नीले सामाजिक सञ्जालमा एउटा पोस्टमा बताएकी छिन् ।
‘मेरो श्रीमानलाई सन्चो छैन,’ मिसेल बोल्सोनारोले लेखेकी छिन् । उनको उपचार भएको बताइएको छ । बोल्सोनारोको मस्तिष्कमा चोट लागेकोले थप परीक्षण गरिने बताइएको छ ।
नोभेम्बरयता बोल्सोनारो ब्रसिलियाको सङ्घीय प्रहरी मुख्यालयको जेलमा छन् । सन् २०२२ को निर्वाचनमा पराजय पछि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाविरुद्ध ‘कू’ को षडयन्त्र रचेको मामिलामा उनी २७ वर्षे जेल सजाय काटिरहेका छन् ।
यसअघि वकिलहरूको टोलीले बोल्सोनारोलाई घरमै नजरबन्दमा यो सजाय काट्न अनुमति दिन अदालतसँग अनुरोध गरेका थिए । तर न्यायाधीशले यो अनुरोध खारेज गरिदिए ।
यस मामिलामा आफूले सोधेको प्रश्नमा ब्राजिलको सङ्घीय प्रहरीले कुनै पनि प्रतिक्रिया नदिएको भन्दै साउथ चाइना मर्निङ पोस्टले समाचारमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण