१२ बजे १२ समाचार: कुलमानको राजीनामादेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न तीन महिना कुर्नुपर्नेसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कुलमानको राजीनामा
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् ।
बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ’भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।’ उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए ।
२. नागढुंगा सुरुङमार्ग
देशकै पहिलो आधुनिक सुरुङमार्गको रूपमा निर्माणाधीन नागढुंगा सुरुङमार्गमा सवारी साधन गुड्न अझै केही महिना कुर्नुपर्ने भएको छ । आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने तयारी गरेको छ ।
३.राष्ट्रिय सभा सदस्य निर्वाचन
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ । बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । ४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
४. उम्मेदवार बन्ने तयारीमा प्रकाण्ड
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संसदीय चुनाव लड्ने निश्चित भएको छ । उनलाई मंगलबार बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारका रूपमा एकल सिफारिस गरेको हो ।
५.राष्ट्रियसभा तगारो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न निर्देशन दिए । सोमबार राष्ट्रियसभा गृहमा आयोजित बृहत एकता समायोजन कार्यक्रममा निकै उत्साहित देखिएका लामिछानेको हाउभाउले लाग्थ्यो फागुन २१ मा हुने निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याउने ‘ग्यारेन्टी’ भयो ।
६. कांग्रेसमा किचलो
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । बुधबार संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकारी व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको बताए ।
७. अवार्ड
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह एरी वर्ष २०८१ को उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको अवार्ड कार्यक्रममा २०८१ सालमा उनको उत्कृष्ट प्रदर्शनलाई यो अवार्ड प्रदान गरेको हो । दीपेन्द्रको उत्कृष्ट प्रदर्शनका कारण २०८१ मा नेपाली टोलीले विश्वस्तरमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
८. पाउडर प्लान्ट
बागमती प्रदेश सरकारले तीन वर्ष लगाएर हेटौँडामा धुलो दुध कारखाना (पाउडर प्लान्ट) निर्माण गर्यो । तर ४७ करोड रुपैयाँ लगानीमा बनेको यो पाउडर प्लान्ट सञ्चालन मोडालिटी अभावले जीर्ण बन्ने जोखिम देखिएको छ ।
९. एसएमसी एपमार्फत करोडौं ठगी
सुनसरीको धरान घर भई ललितपुर बस्ने रितु (नाम परिवर्तन)लाई चिनेकी एकजना साथीले भनिन्, ‘दुई–तीन मिनेटको मुभी हेरेर पनि पैसा कमाइ हुने एप आएको रहेछ, मैले त त्यसमा पैसा हालेर कमाउन थालिसकेँ ।’
१०. नयाँ दल चहारिरहने
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएपनि केही समयदेखि निष्क्रिय थिए लक्ष्मण थारू । पुस २१ मा उनी नाउपाका नेता सुरेन्द्र चौधरी लगायतसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे ।
११. अदालतको त्यो अस्पष्ट आदेश: जसले रोक्यो भूमि आयोगको काम
शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले आफ्नो कार्यकालमा गर्ने कामको कार्ययोजना प्रस्तुत गरे, उनको कार्ययोजनामा भएको एउटा मुख्य काम हो– भूसेवा केन्द्र सञ्चालन ।
१२. कोशीका नयाँ मन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार १० जना नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट ५–५ जना नयाँ मन्त्रीको रूपमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण