कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन् एमालेका ३० आकांक्षी, केन्द्रमा पठाइयो नाम
सारांश
- नेकपा एमाले कर्णालीले फागुन २१ गते हुने निर्वाचनका लागि ३० जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
- प्रदेश कमिटी बैठकले जिल्लाबाट आएका नामलाई पार्टी केन्द्रमा पठाएको हो, जसमा केही उम्मेदवारले नाम फिर्ता लिएका छन्।
- मुगु र जाजरकोटमा टिकटका लागि धेरै आकांक्षी देखिएका छन्, भने विभिन्न जिल्लाका उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले कर्णालीले ३० जना उम्मेदवारका आकाङ्क्षीहरुको नाम सिफारिस गरेको छ ।
बुधबार र बिहीबार बसेको प्रदेश कमिटी बैठकबाट छलफल गरी जिल्लाबाट आएका नामहरु पार्टी केन्द्रमा सिफारिस गरिएको हो ।
प्रदेश कमिटीको बैठकमा छलफलपश्चात् दैलेख क्षेत्र नम्बर १ मा जिल्लाबाट सिफारिस भएर आएका रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिए भने त्यस बाहेक बाँकी जिल्ला र क्षेत्रको नामहरु जस्ताको त्यस्तै पठाइएको एमाले प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईले रातोपाटीलाई बताए ।
१० जिल्ला रहेको कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरु छन् । सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी जिल्लामा एउटै निर्वाचन क्षेत्र छ ।
सिफारिस गरिएका नामहरूको सूचीमा मुगु र जाजरकोटमा टिकटका लागि सबैभन्दा धेरै आकांक्षी देखिएका छन् ।
मुगुबाट सबैभन्दा धेरै ७ जनाको नाम सिफारिस भएको छ भने जाजरकोटबाट ५ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । दैलेखका दुवै क्षेत्र (क्षेत्र नं १ र २) बाट ३/३ जनाको नाम पठाइएको छ भने हुम्ला र डोल्पाबाट पनि ३/३ जना सिफारिस गरिएको पछाईले बताए ।
केन्द्रमा सिफारिस गरिएका उम्मेदवारहरूका नामः
१. सुर्खेत—१ः ध्रुव शाही
२. सुर्खेत— २ः कुलमणि देवकोटा
३. दैलेख— १ः रविन्द्र शर्मा, नन्दकिशोर बस्नेत, लीला बिसी
४. दैलेख —२ः विष्णु रिजाल, लक्ष्मी पोखरेल, अम्बिका बोहोरा
५. मुगुः राजवहादुर कार्की, पूर्ण रोकाय, गोपाल बम, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल, कर्णशिला मल्ल, जानादेवी भाम
६. जुम्लाः शान्तिलाल महत
७. डोल्पाः लंक रोकाया, बद्मी कुमारी बोहोरा, पुर्णबहादुर डाँगी
८. रूकुम (पश्चिम) : नन्दलाल देवकोटा
९. जाजरकोटः निरज आचार्य, नारायण घर्ती, डम्बर सिंह, गणेश थापा, कौशीला खत्री
१०. हुम्लाः दल रावल, दल फडेरा, सौमती ऐडि
११. सल्यानः गुलाबजंग शाह
१२. कालिकोटः नगीन्द्र शाही ‘नेशनल’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण