अहिलेको सरकारका मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा रहेका मन्त्रीहरूलाई दलप्रति ढल्कने छुट नभएको बताए ।
- उनले निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्ने र जनआन्दोलनबाट प्राप्त म्यान्डेट पूरा गर्ने सरकारको लक्ष्य रहेको बताए ।
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनको वातावरण बनाउन सुरक्षा निकायलाई सचेत गराए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरको पुल्चोकमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट पुरा गर्नु हो ।’
सिङ्गो देश निर्वाचनमा होमिएको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै उनले भने, ‘सुशासन कायम राख्न सरकार कटिबद्ध छ ।’
गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराए । उनले भने, ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण