वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने
सारांश
- वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
- कम्पनीले आईपीओ निष्काशनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
- आईपीओबाट उठेको रकम जलविद्युत आयोजना निर्माण र वित्तीय सुदृढीकरणमा प्रयोग हुनेछ।
काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर सार्वजनिक निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार हिमालयन क्यापिटलले आईपीओ निष्काशनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन तथा प्रक्रियागत कार्य सम्हाल्नेछ ।
कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आईपीओ निष्काशनबाट संकलित पूँजी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न तथा कम्पनीको वित्तीय संरचना सुदृढ बनाउन उपयोग गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनको मिति, मूल्य र कित्ताको विवरण भने आवश्यक स्वीकृति पश्चात सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण