बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमा भिटो प्रयोग
सारांश
- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले पूर्ववर्ती बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमा भिटो लगाएका छन्।
- विपक्षीको बाहुल्य रहेको कंग्रेसले बोल्सोनारोको जेल सजाय घटाउने विधेयक पारित गरेको थियो।
- लुलाले ब्राजिलको प्रजातन्त्रमाथि धावा बोल्नेहरूले फाइदा पाउने बताएका छन्।
ब्रसिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले आफ्ना पूर्ववर्ती जैर बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमाथि भिटो लगाएका छन् । ‘कू’ को अभियोगमा गत वर्ष सेप्टेम्बरमा बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
गतवर्ष विपक्षीको बाहुल्य रहेको कंग्रेसले बोल्सोनारोको जेल सजाय घटाउने विधेयक पारित गरेको थियो । लुलाले सो विधेयक रोक्ने कसम खाएका थिए । बिहीबार लुलाले विधेयकमाथि भिटो लगाएका छन् ।
‘भविष्यको नाममा हामीले विगतलाई भुल्नु हुँदैन,’ सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्टमध्ये एकमा लुलाले लेखेका छन् । यसले ब्राजिलको प्रजातन्त्रमाथि धावा बोल्नेहरूले फाइदा पाउने उनको भनाइ थियो ।
राष्ट्रपति, कंग्रेस र सर्वोच्च अदालत लगायतका सरकारी भवनहरू भएको ब्रसिलियास्थित थ्री पावर्स प्लाजामा आक्रमण भएको तेस्रो वार्षिकोत्सवमा सो भिटो लगाइएको हो । जनवरी ८ मा बोल्सोनारोका हजारौँ समर्थकहरूले उक्त प्लाजामाथि आक्रमण गरेका थिए । त्यसपछि लुलालाई सत्ताच्यूत गर्न सैन्य कारबाही भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण