उमा चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन
सारांश
- प्रहरीले एआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ।
- प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा योजनाअन्तर्गत सेल गठन गरिएको हो।
- निर्वाचन सुरक्षाका लागि ३ लाख १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा योजना लागू गर्दै प्रहरी प्रधान कार्यालयले चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको हो ।
निर्वाचनमा चार वटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ । प्रहरीको केन्द्रीय निर्वाचन सेलको प्रमुख तोकिएका चतुर्वेदी प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागको प्रमुख हुन् ।
चतुर्वेदीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने– ‘कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदीको अध्यक्षमा सेल गठन गरेर निर्वाचन सुरक्षा सम्बन्धी काम कारबाही भइरहेको छ ।’
प्रदेश र जिल्लास्तरमा पनि सेल गठन गरिएको डीआईजी काफ्ले जानकारी दिए । सशस्त्र प्रहरी बलले पनि एसएसपी राजेश उप्रेतीको कमान्डमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण