पोखराका वडाध्यक्ष प्रहरी नियन्त्रणमा
सारांश
- पोखरा महानगरपालिका वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी हतियारसहित पक्राउ परेका छन्।
- स्थानीय र वडाध्यक्षबीच विवाद भएपछि उनले खुकुरी निकालेको प्रत्यक्षदर्शीको भनाइ छ।
- स्थानीयले ल्याण्डफिल साइट बनाउन नहुने भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीयसँग विवाद भएपछि उनले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताए ।
सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । स्थानीयले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा आज नै ताला लगाइदिएका छन् । यसबारे बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
‘थप स्थिति जटिल नहोस् भनेर हामीले अध्यक्षज्यूलाई उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका छौँ । खुकुरीको विषयमा प्रमाण हेरेर मात्रै बोल्न मिल्छ,’ कास्कीका प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतले भने ।
स्थानीय प्रत्यक्षदर्शीले भने वडाध्यक्ष खुकुरी सहित पक्राउ परेको दाबी गरेका छन् । ‘विवाद भएपछि अध्यक्ष ज्यूले खुकुरी निकाल्नुभयो । त्यसपछि प्रहरीले उहाँलाई समातेर लगेको छ,’ ती व्यक्तिले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण