गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
शुक्रबार, २५ पुस २०८२, २१ : १३
सारांश
- जेनजी अगुवा सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।
- उनले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन लड्ने घोषणा गरेका हुन्।
- गुरुङले आगामी निर्वाचनमा नयाँ शक्ति र नयाँ नेपाल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
गोरखा उनको गृह जिल्ला हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा’, उनले भनेका छन्, ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण