मतदातालाई निर्वाचन आयोगले भन्यो : मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ
काठमाडाैँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् ।
उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दों र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए ।
सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाइ थियो ।
उनले भने, ‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनको लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भईरहेको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’
प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण