बीसवटा गोही राप्ती नदीमा छाडियो
सारांश
- चितवन निकुञ्जमा हुर्काइएका २० वटा गोहीलाई राप्ती नदीमा छाडियो।
- जसमध्ये ५ वटा भाले र १५ वटा पोथी रहेका छन्, र यो वर्ष ५२ वटा गोही छाडिए।
- सन् २०२२ मा जन्मिएका ३०० वटा गोहीलाई पनि प्रकृतिमा छाड्ने योजना छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । शुक्रबार दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो ।
छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यी बाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ ।
मगरका अनुसार सन् २०२२ मा जन्मिएका तीन सयवटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन् । यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उनले बताए । उनले भने, “अहिले गोही प्रजनन केन्द्रमा छ सय ९७ वटा गोही छन् ।”
अहिलेसम्म यहाँ हुर्काइएका दुई हजार १४२ वटा गोही नदीमा छाडिएको उनले जानकारी दिए । विसं २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक वासस्थानमा छाड्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण