सिरियालाई सहयोग गर्न युरोप कटिबद्ध
सारांश
- युरोपले सिरियाको पुनरुत्थान र पुनः निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनायो।
- युरोपेली आयोगकी प्रमुखले सिरियाका राष्ट्रपतिलाई भेटेर सहयोगबारे छलफल गरिन्।
- इयूले सिरियालाई मानवीय सहायता र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । सिरियाको पुनरुत्थान र पुनः निर्माणमा युरोपले सक्दो सहयोग गर्ने इयूले बताएको छ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार दमास्कसमा राष्ट्रपति अहमद अल–शारालाई भेटेपछि सहयोगको प्रतिबद्धता जनाएकी हुन् ।
सन् २०२४ को डिसेम्बरमा लामो समयदेखि सत्तारूढ भएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि भ्रमण गर्ने इयूका सर्वोच्च अधिकारी भोन डेर लेयन युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टासँगै क्षेत्रीय भ्रमणमा छन् ।
उत्तरी सिरियाको अलेप्पो सहरमा सरकारी सेना र कुर्द लडाकुबिच घातक झडप भइरहेका बेला उनीहरूको भ्रमण भएको हो।
“युरोपले गृहयुद्धले थिलाथिला बनेको सिरियाको पुनरुत्थान र पुनः निर्माणलाई सहयोग गर्न सबै सम्भावित कुरा गर्नेछ,” भोन डेर लेयनले एक्समा लेखेकि छन् ।
सिरियाली राष्ट्रपतिले जारी गरेको वक्तव्यमा दुवै पक्षबिच पुनः निर्माणका साथै मानवीय मामिला र युरोपमा शरणार्थी मुद्दाका विषयमा छलफल भएको उल्लेख छ ।
युरोपेली सङ्घका नेताहरू दमास्कस आइपुगेको पूर्वसन्ध्यामा बिहीबार जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, “हामी शान्तिपूर्ण र समावेशी सिरियाली नेतृत्वको र सिरियाली स्वामित्वको संक्रमणको समर्थनमा सँगै काम गर्ने क्रमलाई निरन्तरता दिनेछौँ ।”
सन् २०११ मा प्रजातन्त्र समर्थक प्रदर्शनमा भएको क्रुर दमन र त्यसपछिको वर्षौँको गृहयुद्धका कारण क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि सिरियाले सङ्घर्ष गरिरहेको छ ।
देशभरि राज्यको अधिकार विस्तार गर्न खोज्ने शारालाई कुर्दहरूसहित सिरियाका धेरै अल्पसङ्ख्यक समुदायहरूको रक्षा गर्न दबाब परेको छ।
एक वर्षभन्दा बढी समयअघि साराको नेतृत्वमा भएको युद्धको बलमा तत्कालीन राष्ट्रपति असदलाई पदच्युत गरेपछि इयूका धेरै अधिकारीहरूले सिरियाको भ्रमण गरेका छन् र इयूले असदको शासनकालमा लगाइएको आर्थिक प्रतिबन्धहरू हटाएको छ ।
गत मार्चमा युरोपेली संघले सन् २०२५ र सन् २०२६ का लागि सिरियाका लागि करिब २।५ अर्ब युरो सहयोग गर्ने वाचा गरेको थियो ।
भोन डेर लेयन र कोस्टाले शुक्रबार लेबनानको पनि भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण