ओसासुनाविरुद्ध गिरोना विजयी
आइतबार, २७ पुस २०८२, ०१ : १६
सारांश
- शनिबारको ला लिगा खेलमा गिरोनाले ओसासुनालाई १-० गोलले पराजित गर्यो र महत्त्वपूर्ण तीन अंक जोड्यो।
- भ्लादिस्लाभ भानातले खेलको ४४औं मिनेटमा गिरोनाका लागि निर्णायक गोल गरे।
- जितसँगै गिरोनाले २१ अंकका साथ लिग तालिकाको १२औँ स्थान ओगट्यो, जबकि ओसासुना १४औँ स्थानमा रह्यो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा गिरोनाले ओसासुनालाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । घरेलु मैदानमा भएको खेलमा गिरोनाका लागि निर्णायक गोल भ्लादिस्लाभ भानातले खेलको ४४ औँ मिनेटमा गरे ।
खेलको पहिलो हाफमै अग्रता बनाएको गिरोनाले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाउँदै ओसासुनालाई गोल गर्ने अवसर दिन दिएन । ओसासुनाले केही राम्रा आक्रमणको प्रयास गरे पनि फिनिसिङमा कमजोर देखिँदा खेल बराबरीमा फर्काउन असफल रह्यो ।
जितसँगै गिरोनाले २१ अंक जोड्दै ला लिगा तालिकाको १२औँ स्थानमा रहेको छ भने, पराजित ओसासुना भने १९ अंकसहित १४औँ स्थानमा सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण