भेनेजुएली तेल बेचेको पैसा जफत गर्नबाट रोक्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएली तेल बेचेर हुने आम्दानी जफत गर्नबाट रोक्न आदेश दिएका छन्।
- यो आदेश भेनेजुएलामा शान्ति, समृद्धि र स्थायित्वका लागि प्रयोग गरिनेछ, ह्वाइट हाउसले जनाएको छ।
- भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई ५ करोड ब्यारेल तेल उपलब्ध गराउने सहमति गरेको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकाले कब्जामा लिएको भेनेजुएली तेल बेचेर हुने आम्दानी जफत गर्नबाट अदालत वा भेनेजुएलाका कर्जादाता कम्पनीहरूलाई रोक्न ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेको शनिबार ह्वाइट हाउसले बताएको हो ।
विदेशी सरकारको निक्षेप कोषमा रहने सो आम्दानी भेनेजुएलामा शान्ति, समृद्धि र स्थायित्व सृजना गर्ने काममा प्रयोग गरिनुपर्ने आदेशमा भनिएको छ । अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर भेनेजुएली राष्ट्रपति निकोलस मादुरोलाई समातेको एक हप्ता नबित्दै शुक्रबार यस आदेशमा हस्ताक्षर भएको हो ।
भेनेजुएलाले तेल क्षेत्रको राष्ट्रियकरण गरेपछि एक्जोन मोबिल, कोनोकोफिलिप्स लगायतका कयौँ कम्पनीहरू त्यहाँ भएको आफ्नो अर्बौ डलरको लगानी, व्यापार व्यवसाय सबै छाडेर बाहिरिन बाध्य भएका थिए । आफ्नो पैसा फिर्ता पाउनुपर्ने दाबी यी कम्पनीहरूको छ । शनिबारको आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख गरिएको छैन ।
यद्यपि, यो पैसा भेनेजुएलाको सार्वभौम सम्पत्ति भएको र यसलाई निजी दाबी भुक्तानीमा नभएर कूटनीतिक उद्देश्यमा प्रयोग गरिने आदेशमा ट्रम्पले भनेका छन् । भेनेजुएली तेल बेचेको पैसा जफत भएमा भेनेजुएलामा आर्थिक र राजनीतिक स्थायित्व ल्याउने अमेरिकी प्रयास कमजोर हुने भएकोले ट्रम्पले सो अवस्था आउन नदिन खोजेको ह्वाइट हाउसले एउटा फ्याक्ट सिटमा भनेको छ ।
भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई ५ करोड ब्यारेलसम्म तेल उपलब्ध गराउने सहमति गरेको छ । तर यो परिमाणको तेल कति अवधिभित्र उपलब्ध गराउने हो भनेर स्पष्ट बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण