दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते
आइतबार, २७ पुस २०८२, १६ : ३८
घोराही । दाङमा बस दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले उल्लेख गरे । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण