स्थानीयको अवरोधपछि पोखरा महानगरले भन्यो : यो ल्याण्डफिल होइन, प्रशोधन केन्द्र हो
सारांश
- पोखरामा फोहोर व्यवस्थापनको मुद्दामा स्थानीयको विरोध र मेयरको प्रष्टिकरण आएको छ।
- मेयर आचार्यले फोहोर प्रशोधन केन्द्रको अवधारणा प्रस्तुत गर्दै स्थानीयलाई वातावरण प्रदूषण नहुने बताए।
- प्रशोधन केन्द्रबाट ग्यास र कम्पोस्ट मल उत्पादन हुने र स्थानीय १७ परिवारको जग्गा रोक्का राखिएको छ।
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै पेचिलो बन्दै गएको पोखराको फोहोर व्यवस्थापनको मुद्दा नयाँ मोडमा पुगेको छ ।
पोखरा महानगरपालिकाले वडा नम्बर ३३ झाक्रीखोलामा बनाउन लागेको पूर्वाधारलाई लिएर स्थानीयले चर्को विरोध जनाइरहँदा मेयर धनराज आचार्यले भने अहिले बन्न लागेको ल्याण्डफिल साइट नभई अत्याधुनिक फोहोर प्रशोधन केन्द्र भएको प्रस्ट्याएका छन् ।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यो हामीले बुझेको जस्तो फोहोर लगेर थुपार्ने डम्पिङ साइट होइन, यो त फोहोरबाट मोहर बनाउने उद्योग हो ।’
स्थानीयले त्यहाँ फोहर लैजान नदिने अडान लिएका छन् । फोहोरको दुर्गन्ध र प्रदूषणले गाउँ नै विस्थापित हुनसक्ने भन्दै उनीहरू आन्दोलित हुँदा पोखरा तनावग्रस्त बनेको छ । शुक्रबार उनीहरूले पोखरा ३३ नम्बर वडा कार्यालयमा तालाबन्दी नै गरिदिए ।
‘ठुला–ठुला फाइभ स्टार होटलमा पनि त रुमभित्रै अट्याच बाथरुम हुन्छन्, के त्यहाँ गन्ध आउँछ ?,’ मेयर आचार्यले भने– ‘यो इनडोर डोममा रहने जर्मन प्रविधिमा आधारित प्लान्ट हो । बाहिर न गन्ध आउँछ, न वातावरण प्रदूषण नै हुन्छ । त्यसैले यसमा अवरोध गर्नु जायज छैन ।’
उनले पोखरा–३२ लामेआहालमा अस्थायी रूपमा फोहोर फाल्दै आएकोमा अब दीर्घकालीन समाधान खोज्नैपर्ने बाध्यता रहेको बताए । ५ अर्ब ९९ करोडसम्मको परियोजना सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै कानुनी व्यवस्था अनुसार नै अहिलेको परियोजना सम्झौता गरिएको महानगरले जनाएको छ ।
गत मङ्सिर २ गते टेरासोल्भ रिन्युवल नेपालसँग ८० करोड लगानीमा २१ वर्षका लागि सम्झौता गरिएको हो । तर, जग्गा विवादले अलमलिएको छ । महानगरले मूल्याङ्कन गरेको जग्गाको मूल्य ९ करोडभित्र रहे पनि भविष्यमा मुआब्जा विवाद आउन सक्ने देखेपछि कम्पनीले नै जग्गा किन्ने र २१ वर्षपछि जग्गासहित परियोजना महानगरलाई हस्तान्तरण फोकल पर्सन नेत्र तिमिल्सिनाले जानकारी दिए ।
स्थानीय १७ परिवारका ९६ रोपनी जग्गा रोक्का राखिएको छ । प्रशोधन केन्द्रबाट ग्यास र कम्पोस्ट मल उत्पादन हुनेछ । उत्पादित ग्यासबाट गाडी चलाउन सकिनेछ बताइएको छ ।
सम्झौतामा २४ महिना लेखिए पनि कम्पनीले १२ देखि १३ महिनाभित्रै उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको छ । परियोजनामा करिब १ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने वडामा नियमित बजेटबाहेक थप ५ करोडका दरले बजेट थपिने महानगरको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण