बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

सोमबार, २८ पुस २०८२, ०५ : ११
सोमबार, २८ पुस २०८२

सारांश

  • रौतहटमा आउँदो निर्वाचनका लागि ३,८५१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार ९५२ जनाले आवेदन दिएका छन्, जसमा १५२ महिला छन्।
  • भर्ना गरिने प्रहरीमध्ये नेपाल प्रहरीबाट ३,४६६ र सशस्त्र प्रहरी बलबाट ३८५ जना हुनेछन्।

रौतहट। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिएका छन् ।

प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरूका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ ।

छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप