ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आइतबार एउटा तस्बिर पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।
ट्रम्पले पोस्ट गरेको तस्बिर विकिपेडियाको उनको आफ्नै प्रोफाइल पेजको एडिट गरिएको अंश हो । उक्त तस्बिरको क्याप्सनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ । त्यसमा सन् २०२६ को जनवरीसम्म उनलाई भेनेजुएलाको वर्तमान राष्ट्रपतिको रूपमा देखाइएको छ ।
केही दिनअघि मात्रै जनवरी ३ मा अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको थियो । सो क्रममा त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगिएको छ । उनीहरूमाथि अमेरिकामा हतियार तथा लागूपदार्थ तस्करीको आरोपमा मुद्दा चलाइएको छ ।
मादुरो पक्राउ परेपछि हालै मात्र भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यही राजनीतिक घटनाक्रमका बिच ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई नै भेनेजुएलाको राष्ट्रपति दाबी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण