काठमाडौँका ५ हजार सामुदायिक कुकुरको बन्ध्याकरण
सारांश
- काठमाडौं महानगरपालिकाले ५ हजारभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।
- यो कार्यक्रम कार्तिक १४ गतेदेखि सुरु भएको थियो, जसमा वडा नं. ६ मा धेरै र २१ मा थोरै कुकुरको बन्ध्याकरण गरियो।
- महानगरले ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ, र अन्य वडामा कार्यक्रम सुरु हुँदैछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ५ हजारभन्दा समुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रमबाट अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । गएको कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ ।
महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण