राष्ट्रियसभा निर्वाचन : बागमतीका ६ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
सारांश
- बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरियो।
- निर्वाचन कार्यालय हेटौँडाले उम्मेदवारहरूलाई विभिन्न चुनाव चिन्ह प्रदान गर्यो, जसमा रुख, सूर्य, र तारा जस्ता चिन्हहरू थिए।
- राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते मतदान हुनेछ, जसमा बागमती प्रदेशका दुई सदस्यको पद खाली हुँदैछ।
हेटौँडा । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेदवारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार आइतबार अन्तिम नामावली प्रकाशित गरी कायम रहेको ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको हो । निर्वाचनका लागि महिला क्लस्टरमा एमाले कांग्रेस गठबन्धनबाट चितवनकी गीता देवकोटाले उम्मेदवारी दिएकी थिइन् ।
कांग्रेसबाट उम्मेदवार बनेकी देवकोटालाई रुख चिन्ह प्रदान गरिएको छ भने अन्य क्लस्टरमा गठबन्धनबाट काठमाडौँका डा. प्रेमप्रसाद दंगाल उम्मेदवार बनेका छन् । एमाले निकट अखिल नेपाल कृषक महासङ्घका अध्यक्ष समेत रहेका दंगाललाई एमालेको चुनाव चिन्ह सूर्य प्रदान गरिएको छ ।
महिला क्लस्टरमा उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सरोजकुमारी झालाई पाँच कुने तारा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी कविता महर्जनलाई मादल चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । अन्य समूहबाट उम्मेदवारी दिएका नेकपाका उम्मेदवार प्रेमप्रसाद सापकोटालाई पाँचकुने तारा र नेमकिपाको तर्फबाट उम्मेदवार भएका विक्रम डुकुछुलाई मादल चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ। बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका सदस्य २ जना जा रहेका छन् ।
तत्कालीन एकीकृत समाजवादीका बेदुराम भुसाल र गङ्गाकुमारी बेलबासेको पदावधि सकिँदैछ । दुवै जना हाल नेकपामा आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण