झारखण्डमा लगातार हात्तीको आक्रमण : २० जनाको मृत्यु
सारांश
- भारतको झारखण्डमा जङ्गली हात्तीको आक्रमणबाट ९ दिनमा २० जनाको मृत्यु भएको छ।
- पश्चिम सिंहभूम जिल्लाको वन क्षेत्रमा एउटै हात्तीले आक्रमण गरेको र नियन्त्रणमा लिन नसकिएको बताइएको छ।
- मानव-हात्ती द्वन्द्वको कारण वन क्षेत्रको कमी र हात्तीको बाटो अवरुद्ध हुनु हो, र मृतकका परिवारलाई क्षतिपूर्ति दिइनेछ।
नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा एक जङ्गली हात्तीको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । ९ दिनको अवधिमा हात्तीको आक्रमणमा परेर २० जनाको मृत्यु भएको हो ।
जनवरी १ देखि जनवरी ९ को बिचमा राज्यको पश्चिम सिंहभूम जिल्लाको चाइबासा र कोल्हान वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीहरुका अनुसार आक्रमण गर्ने जङ्गली हात्ती नियन्त्रणमा लिन सकिएको छैन ।
सयभन्दा धेरै वन अधिकारीहरूले साे हात्तीकाे खोजी गरिरहेको बताइएको छ । अधिकारीहरूका अनुसार सबैको मृत्यु एउटै भाले हात्तीसँग सम्बन्धित छ । अधिकांश मृत्यु पनि रातकै समयमा भएको बताइएको छ । हात्ती जवान, फुर्तिलो र बारम्बार ठाउँ फेरिरहने भएकोले नियन्त्रणमा लिन गाह्रो भएको अधिकारीहरुले बताएका छन् ।
मानव र हात्ती द्वन्द्व बढ्नुको कारण वन क्षेत्र घट्नु र हात्ती आवागमन मार्ग अवरुद्ध हुनु बताइएको छ। मर्नेमध्ये एक जना वनका कामदार समेत भएको बताइएको छ । मृतकका परिवारलाई अधिकारीहरूले आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण