मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस विवाद : संस्थापन र शेखरले पनि बनाए वार्ता समिति

विशेष महाधिवेशन पक्षधरसँग वार्ता हुँदै
मङ्गलबार, २९ पुस २०८२, ०७ : ३०
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • भृकुटीमण्डपमा महाधिवेशनबारे छलफल गर्न दुई समूहबीच वार्ता समिति गठन गरियो।
  • शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका नेताहरू वार्तामा सहभागी हुनेछन्।
  • दुई वार्ता समितिबीच महाधिवेशनबारे चाँडै नै छलफल हुने बताइएको छ।

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ।

वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् । विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो। 

केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् । दुई वार्ता समितिबिच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन्।

विवादकै बिच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको हो । 

यता काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप