भेनेजुएलामा तेल लिन गएका चिनियाँ जहाज एशियातर्फ फर्किए
सारांश
- चिनियाँ तेल ट्यांकरहरू भेनेजुएलाबाट तेल लोड नगरी फर्किए, अमेरिकी प्रतिबन्ध र राजनीतिक संकटका कारण।
- भेनेजुएलाको तेल निर्यातमा अमेरिकी प्रतिबन्ध र राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएपछि तेल आपूर्ति जटिल बन्यो।
- ट्रम्पले भेनेजुएली तेल बेच्ने घोषणा गरे तापनि चीनले तेल प्राप्त गर्न सकेको छैन।
बेइजिङ । भेनेजुएलाबाट तेल ल्याउन गएका चिनियाँ झण्डाबाहक दुई विशाल तेलबाहक जहाज बाटोबाटै फर्किएका छन् । एलएसईजीको ढुवानी तथ्यांकअनुसार सोमबार सिङ्गे र थाउजन्ड सन्नी नामका ती जहाजहरू एशियातर्फ फर्किएको देखिएको हो ।
भेनेजुएलाको तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्ध र त्यहाँको राजनीतिक संकटका कारण ती जहाजहरू हप्तौँसम्म आन्ध्र महासागर क्षेत्रमा अड्किएर बसेका थिए । अन्ततः तेल लोड नगरी रित्तै फर्किनुपरेको हो ।
भेनेजुएलामा पछिल्ला राजनीतिक घटनाक्रमसँगै यो अवस्था सिर्जना भएको बताइएको छ । जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा कारबाही गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घटनापछि तेल आपूर्ति झनै जटिल बनेको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको साता जहाजहरूमा अड्किएर बसेको करिब ५० लाख ब्यारेल भेनेजुएली तेल बिक्री गर्ने घोषणा गरेका थिए । चीनले पाउने तेलबाट उसलाई बञ्चित गरिनु नहुने टिप्पणी पनि ट्रम्पले गरेका थिए । तर तेल आपूर्ति कसरी गरिने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।
गत महिनायता चीनले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएबाट तेल प्राप्त गर्न सकेको छैन । अमेरिकाले गएको महिना पीडीभीएसएविरुद्ध तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
यसैबीच भिटोल र त्राफिगुरा लगायतका बहुराष्ट्रिय ट्रेडिङ हाउसहरूले अमेरिका, भारत र चीनजस्ता गन्तव्यतर्फ पठाउन तेलबाहक जहाज तयारी अवस्थामा राखेको समाचारहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण