तिलाठी कोईलाडीका तत्कालीन सब–इन्जिनियर दिपेन्द्र कुमार झा दोषी ठहर
सारांश
- विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा सब-इन्जिनियर दिपेन्द्र कुमार झालाई दोषी ठहर गरेको छ।
- झाले करार नियुक्ति लिन नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए, जसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो।
- अदालतले मंगलबार झालाई दोषी ठहर गर्दै फैसला सुनाएको छ, र उनले त्रिभुवन विश्वविद्यालयको नक्कली प्रमाणपत्र पेश गरेका थिए।
काठमाडौँ । विशेष अदालतले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको तत्कालीन सब–इन्जिनियर दिपेन्द्र कुमार झालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको ठहर गर्दै दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार झालाई दोषी ठहर गर्ने फैसला सुनाएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
उनले सब–इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि डिप्लोमा इन सिभिल इन्जिनियर एकेडेमीक ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको वेस्टर्न रिजन क्याम्पस पोखराबाट उत्तीर्ण गरेको भनी चारित्रिक प्रमाणपत्र समेतका नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर नियुक्ति लिएको पाइएपछि गत असार ३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण