मस्कले सित्तैमा दिए इरानमा इन्टरनेट
सारांश
- एलन मस्कको स्टारलिंकले इरानमा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
- इरानमा सरकार विरोधी प्रदर्शन बढ्दै जाँदा, स्टारलिंकले इन्टरनेट उपलब्ध गराएको हो।
- इन्टरनेट पुनःस्थापनाको विषयमा ट्रम्प र मस्कबीच कुराकानी भएको थियो।
तेहरान । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सेटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले इरानी प्रयोगकर्तालाई निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । सरकार विरोधी प्रदर्शन उग्र बन्दै गर्दा हताहतको संख्या बढिरहेको समयमा कम्पनीले निःशुल्क इन्टरनेट दिएको हो । यसअघि इरानमा निस्क्रिय रहेको स्टारलिंकको खाताहरूमा अब कनेक्शन देखिएको बताइएको छ ।
मंगलबारसम्म सब्सक्रिप्शन शुल्क पनि मिनाहा गरिएको प्राविधिक गैरनाफामुखक संस्था होलिष्टिक रिसिलेन्सका कार्यकारी निर्देशक अहमद अहमदियनले बताए । यो हप्ताको शुरुमा इरानमा इन्टरनेट पुनःस्थापीत गराउने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मस्कबीच कुराकानीपछि स्टारलिंकले इरानमा इन्टरनेट दिएको हो ।
यस मामिलामा स्पेश एक्स र ह्वाइट हाउस दुबैले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गर्दा इरानमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । यस्तोमा प्रदर्शनलाई थप भड्किन नदिन सरकारले कयौं दिनसम्म इन्टरनेट र फोन सेवा ठप्प बनाएको थियो । सरकारले स्टारलिंकको इन्टरनेट पनि जाम गराइदिने हो कि भन्ने चिन्ता विज्ञहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण