सिरहामा खैरो हेरोइनसहित २ जना पक्राउ
बुधबार, ३० पुस २०८२, ११ : १६
सारांश
- सिरहामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा गोलबजारका एक र सिन्धुलीका एक व्यक्ति छन्।
- प्रहरीले उनीहरुको साथबाट ३८ ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ।
काठमाडौँ । सिरहामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धनगढीमाई र लागु औषध नियन्त्रण ब्युरो सिरहाबाट खटिएको प्रहरी टोलीले मंगलबार २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ३ बस्ने २५ वर्षीय अभिशेक साह र सिन्धुलीको दुधौली नगरपालिका ९ बस्ने ३२ वर्षीय एलेक्स आले रहेका छन् । आले मोटरसाइकल चालक हुन् ।
उनीहरूबाट ३८ ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले बरियारपट्टीबाट जिरोमाइलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइनसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय लहानबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण