नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण हुँदैन : कुलमान घिसिङ
बुधबार, ३० पुस २०८२, १४ : ३५
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकीकरणको हल्लालाई अस्वीकार गरे।
- उनले सामाजिक सञ्जालमार्फत पार्टी अन्य दलसँग एकीकरण हुने हल्ला निराधार भएको बताए।
- घिसिङले पार्टी आफ्नै नीति र सिद्धान्तमा अडिग रही अघि बढ्ने कुरा स्पष्ट पारे।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी एकीकरणबारे चलेका हल्लाको खण्डन गरेका हुन्।
घिसिङले आफ्नो नाम र पार्टीलाई जोडेर अन्य दल, विशेष गरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेका छन्। बजारमा चलेका यस्ता हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ।
उनले उज्यालो नेपाल पार्टी कुनै पनि शक्तिसँग विलय नभई आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको बताए। भविष्यमा पनि पार्टीले सोही बाटो अवलम्बन गर्ने उनले उल्लेख गरेका छन्। घिसिङले यस्ता निराधार र भ्रम फैलाउने समाचारको पछि नलाग्न र त्यसमा विश्वास नगर्न सबैलाई आग्रह समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण