शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन

कुनै पनि नेता–कार्यकर्ताको शिर निहुरिन दिनेछैनौँ:  सभापति गगन थापा

बिहीबार, ०१ माघ २०८२, ०० : ४९
बिहीबार, ०१ माघ २०८२

सारांश

  • गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए।
  • नवनिर्वाचित सभापति थापाले पार्टीको नेतृत्व गर्न पाउनुलाई गर्वको विषय माने।
  • उनले पार्टीलाई एकताबद्ध बनाउने र कार्यकर्ताको सम्मान जोगाउने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार मध्यराति सभापतिमा निर्वाचित भएका गगन थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफूका लागि गर्वको विषय भएको बताएका छन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले पार्टीका नेता तथा कार्यकर्ताको सम्मान, स्वाभिमान र आत्मसम्मान जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

‘कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताको शिर निहुरिन दिनेछैनौँ,’ भन्दै उनले पार्टीलाई एकताबद्ध, अनुशासित र जनताको भरोसाको बलियो शक्ति बनाउने संकल्प व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप