राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४३९ जना जनशक्ति, कति पाइन्छ तलब ?
सारांश
- सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ४,४३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ।
- आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षणका लागि सुपरिवेक्षक र गणक पदमा आवेदन खुलाइएको छ।
- सुपरिवेक्षकको लागि स्नातक र गणकका लागि १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ, र छनोट अन्तर्वार्ताको आधारमा हुनेछ।
काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो।
कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ। सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ।
आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ। इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण