मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गरे।
- उनले माघे संक्रान्ति विभिन्न समुदायले आ-आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउने पर्व भएको बताए।
- मुख्यमन्त्रीले प्रदेश सरकारले सांस्कृतिक मूल्य मान्यताको संरक्षण र आर्थिक विकासलाई प्राथमिकतामा राखेको जनाए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको र मगर, यादव लगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको रहेको उनले बताएका छन् ।
लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले भरिएको उल्लेख गर्दै उनले यस विविधताभित्र रहेका मौलिक संस्कृति र परम्पराहरू नै प्रदेशको पहिचान र शक्ति भएको बताए । प्रदेश सरकारले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक विकासलाई अघि बढाइरहेको उनको भनाइ छ ।
मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । सोही लक्ष्यअनुसार सरकारले काम गरिरहेको पनि उनले बताए ।
मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहने विश्वास व्यक्त गरे । साथै, माघे संक्रान्ति तथा माघ पर्वले आपसी सद्भाव, आत्मीयता, सहयोग र एकताको भावना अझ मजबुत बनाउने अपेक्षा पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण