अमेरिकामा भेनेजुएली मूलका पुरुषमाथि गोली प्रहार
काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा बुधबार साँझ अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)का अधिकारीले एक जना पुरुषको खुट्टामा गोली हानेका छन् ।
शहरमा आईसीईका एक एजेन्टले ३७ वर्षीय रेनी निकोल गुडलाई गोली हानेर मारेको एक हप्ता नबित्दै यो घटना भएको हो । गुडको हत्याको विरोधमा मिनेसोटा मात्रै नभई अमेरिकाभर विरोध प्रदर्शन भइरहेको छ ।
गृह सुरक्षा मन्त्रालयले जारी गरेको बयानअनुसार अधिकारीहरूले उत्तर मिनियापोलिसमा भेनेजुएली मूलका ती अवैध आप्रवासीलाई पक्रन खोजेका थिए ।
आफू सवार गाडी चलाएर भाग्न खोज्दा ती पुरुषले गाडीलाई छेउमा रहेको कारमा ठोके । पैदल भाग्ने क्रममा अधिकारीले समात्न खोजे । दुईबिच खिचातानी भइरहेको समयमा नजिकैको अपार्टमेन्ट भवनबाट आएका अरू दुई जनाले सङ्घीय अधिकारीमाथि आक्रमण गरे । प्रतिररक्षामा अधिकारीले गोली चलाए । यो गोली भेनेजुएली मूलका ती पुरुषको खुट्टामा लाग्यो ।
सामान्य चोटपटक लागेका ती व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते अधिकारीलाई पनि अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार ती घाइतेको अवस्था गम्भीर छैन ।
अधिकारीले आत्मरक्षामा गोली चलाएको दाबी आईसीइएको छ । यस क्रममा अन्य दुई व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । हालैका हप्तामा मिनेसेटामा मात्रै आईसीईका ३ हजार अधिकारीलाई परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण