स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
शुक्रबार, ०२ माघ २०८२, ०० : १८
सारांश
- नवलपरासीमा स्कारपियोको ठक्करबाट एक महिलाको मृत्यु भयो।
- दुर्घटनामा ४२ वर्षीया जया आर्याल घाइते भइन् र उपचारका क्रममा उनको मृत्यु भयो।
- प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र चालकलाई नियन्त्रणमा लियो।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा १६ च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण