मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आज दुई संसदीय समितिको बैठक बस्दै

शुक्रबार, ०२ माघ २०८२, ०८ : ५२
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दैछ।
  • बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिले पर्यटन विधेयकमा छलफल गर्नेछ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले छैटौँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ।

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । 

सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ माथि छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप