गगनसँग जानेहरू चोइटिएर गएका हुन्, संस्थापन हामी हौँ : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गएको टिप्पणी गरे।
- उनले निर्वाचन आयोगमा बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको दाबी गर्दै मिडियाले बाध्य पारेको बताए।
- कोइरालाले गगन थापा समूहको निर्णय वैधानिक नहुने र संस्थाको निर्णय नै आधिकारिक हुने तर्क गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गरे ।
आयोगमा बोल्दै कोइरालाले आफूहरू यहाँ आउनुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए । उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विषय लोकतान्त्रिक पद्धतिअनुसार टुंग्याउने विश्वास व्यक्त गरे ।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको जिकिर गरे । कुनै पनि पदाधिकारीलाई आफूखुसी विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै उनले व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे ।
कोइरालाले टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य नहुने उदाहरण दिँदै गगन थापा समूहको निर्णय वैधानिक नहुने तर्क गरे । उनले आफूहरू संस्था भएको र संस्थालाई हेरेर आयोग अघि बढ्नुपर्ने बताए ।
अर्को पक्षले बुझाएको भनिएका हस्ताक्षरसमेत फिर्ता भएको निस्सा आयोगमा प्रस्तुत गर्ने उनले बताए । महाधिवेशनमा गएका ८ सय ८५ जना प्रतिनिधिले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको र सोही प्रमाण आयोगमा पेस गरेको कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण