आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग आयोगले छलफल गर्दै
सारांश
- निर्वाचन आयोगले आगामी निर्वाचन र आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दैछ।
- आयोगका प्रवक्ताका अनुसार शुक्रबार राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल हुनेछ।
- आयोगले निर्वाचन आचारसंहिता तयार पारिसकेको छ, तर कार्यान्वयनको मिति तय हुन बाँकी छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचन र निर्वाचन आचारसंहिताको कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न लागेको जानकारी गराएका हुन् ।
‘आज शुक्रबार निर्वाचन आयोगमा राजनीतिक दलसँग आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफल हुँदैछ’, प्रवक्ता भट्टराईले भने, ‘यो छलफलपछि निर्वाचन आचारसंहिता कहिलेबाट कार्यान्वयनमा जान्छ भन्ने थाहा हुन्छ ।’
प्रवक्ता भट्टराईले आचारसंहिता छलफल भएका कारण आयोगले नियमित रूपमा शुक्रबार गर्दै आएको प्रेस मिट नहुने पनि जनाकारी गराएका छन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता तयार गरिसकेको छ । तर कहिलेबाट आचारसंहिता कार्यान्वयनमा लैजाने भनेर निर्णय गर्न बाँकी छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण