कास्कीका तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सारांश
- आगामी निर्वाचनलाई ध्यानमा राख्दै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरियो।
- मुख्य निर्वाचन अधिकृतको कार्यालय मालेपाटनमा स्थापना गरिएको छ, जसले क्षेत्र नम्बर ३ को नेतृत्व गर्नेछ।
- यसपटक कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको र निर्वाचनलाई स्वच्छ बनाउन सबैको दायित्व रहेको छ।
कास्की । आगामी निर्वाचनलाई लक्षित गर्दै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा कार्यालय सञ्चालनमा आएसँगै कास्कीमा निर्वाचनको औपचारिक चहलपहल र प्रशासनिक तयारीले गति लिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भवनमा स्थापना गरिएको छ, जसले क्षेत्र नम्बर ३ को निर्वाचन प्रक्रियाको समेत नेतृत्व गर्नेछ।
निर्वाचन आयोगले कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलबासेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी, क्षेत्र नम्बर १ का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र क्षेत्र नम्बर २ का लागि ड्यामसाइडमा रहेको सिँचाइ कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ। आयोगले क्षेत्र नम्बर १ मा सीता रेग्मी र क्षेत्र नम्बर २ मा निर्मलाकुमारी खड्कालाई निर्वाचन अधिकृत तोकेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालले जानकारी दिए।
यसपटक कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन्, जसमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ। जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्रहरू तोकिएका छन्। कार्यालय उद्घाटनका क्रममा मुख्य निर्वाचन अधिकृत बेलबासेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताउँदै सहयोगका लागि अपिल गरे।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउन प्रशासन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन्। कार्यालय स्थापना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण