नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, ०२ माघ २०८२, १६ : ४०
सारांश
- नागढुंगा चेक प्वाइन्टमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कैलालीका २५ वर्षीय कृष्णबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले कुँवरको साथबाट ६ ग्राम खैरो हेरोइन बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका २५ वर्षीय कृष्णबहादुर कुँवर छन् ।
धनगढीबाट काठमाडौँ आएको यात्रुवाहक बसमा सवार कुँवरको साथबाट ६ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कुँवरले लगाएको ज्याकेटको खल्तीबाट सो खैरो हेरोइन बरामद गरेको हो । उनीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण