राजनीति
टासीकाे नाम समानुपातिक सूचीबाट हटाएको विरोधमा रास्वपा कार्यालयमा प्रदर्शन
शनिबार, ०३ माघ २०८२, ०८ : ३६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टासी लाजोम शेर्पालाई समानुपातिक बन्दसूचीबाट हटाएपछि विरोध भएको छ।
- हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले काठमाडौंको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।
- शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले हटाएको थियो, उनले यसको विरोध गर्दै आएकी छिन्।
काठमाडौँ । टासी लाजोम शेर्पालाई बिना आधार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै विरोध भएको छ ।
हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका हुन् । दुई जिल्लाका सभापतिको नेतृत्वमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।
शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले बन्दसूचीबाट हटाएको थियो । उनले आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रास्वपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन् ।
उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण