अस्ट्रियामा हिम पहिरोमा पुरिएर पाँच जनाको मृत्यु
सारांश
- अस्ट्रियाको आल्प्स क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ।
- साल्जबर्ग नजिकैको पोङ्गउ क्षेत्रमा सात जना हिमपहिरोमा पुरिएका थिए, जसमध्ये चार जनाको मृत्यु भयो।
- भारी हिमपातका कारण आल्प्स क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ, जसले गर्दा धेरैको ज्यान गएको छ।
भियन्ना । अस्ट्रियाको आल्प्स क्षेत्रमा भएको दुईवटा हिमपहिरोमा अफ–पिस्ट स्किइङ गरिरहेका पाँच जनाको मृत्यु भएको छ । साल्जबर्ग नजिकैको पोङ्गउ क्षेत्रमा शनिबार सात जनाको समूह हिमपहिरोमा पुरिएका थिए ।
यस क्रममा चार जनाको ज्यान गएको र एक जना गम्भीर घाइते भएको पर्वत उद्धार सेवाले जनाएको छ । त्यसैदिन बिहान सोही क्षेत्रमा अर्काे हिमपहिरोमा एक महिला स्कीयरको मृत्यु भएको थियो । मध्याहन्नतिर पोङगउमा अर्को हिम पहिरो गएपछि कसैलाई पनि चोट नलागेको बताइएको छ ।
भारी हिमपातका कारण आल्प्स क्षेत्रमा हिमपहिरोको जोखिम अत्यधिक बढेको अधिकारीहरूले बताएका छन् । पछिल्लो एक हप्तामा अस्ट्रिया, स्विट्जरल्यान्ड र फ्रान्सका विभिन्न आल्प्स क्षेत्रहरूमा गएको हिमपहिरोमा दर्जनभन्दा बढी स्कीयरको ज्यान गइसकेको छ । मंगलबार मात्रै हिमपहिरोमा पुरिएर ब्याड गष्टिन रिसोर्टमा स्की गरिरहेका एक जना १३ वर्षीय किशोरको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण