मनोनयन मिति सार्नेबारे कुनै निर्णय र छलफल भएको छैन : निर्वाचन आयोग
आइतबार, ०४ माघ २०८२, १५ : २५
सारांश
- निर्वाचन आयोगका प्रवक्ताले निर्वाचन मिति सार्ने विषयमा कुनै छलफल नभएको बताएका छन्।
- कांग्रेस विवादका कारण मनोनयनको मिति सर्ने आशङ्काका समाचार आएपछि आयोगले यस्तो स्पष्ट पारेको हो।
- आयोगले अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन मिति सार्ने, मनोनयनको मिति सर्ने जस्ता विषयबारे आयोगले कुनै निर्णय वा छलफल नगरेको प्रस्ट पारेका छन् ।
कांग्रेस विवादका कारण माघ ६ गतेको मनोनयन समय सर्ने आशङ्कासहितका समाचारहरू आउन थालेपछि आयोगले यस्तो जानकारी दिएको हो ।
‘निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल भएको छैन’, प्रवक्ता भट्टराईले आइतबार दिउँसो सूचना पठाउँदै भनेका छन्, ‘अनुमानका भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सबैमा अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण