आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरण
सारांश
- आम जनता पार्टी र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ, जसमा पाँचबुँदे सहमति भएको छ।
- सहमति अनुसार, आगामी निर्वाचनमा मोबाइल चुनाव चिह्न प्रयोग गरिनेछ र संयुक्त रूपमा कार्य गर्ने समझदारी भएको छ।
- नेकपा र जनमत पार्टीका नेताहरू आजपामा प्रवेश गरेका छन्, जसमा विद्या प्रसाद शर्मा र पवनकुमार मण्डल लगायत छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल चुनाव चिह्नबाट निर्वाचनमा सहभागिता जनाइनेछ । सहमतिपत्रमा भनिएको छ, “आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको संसदीय निर्वाचनमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयुक्त भूमिका खेल्ने समझदारी गर्दछौँ।”
यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आजपामा प्रवेश गरेका छन् । दैलेखका विद्या प्रसाद शर्मा र रुपन्देहीका राधेश्याम गुप्तासहितका नेताहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जानकारी दिए ।
त्यसैगरी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा मण्डल सेवा समाजका पूर्वअध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन् । अध्यक्ष साहले टीका र माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण