के ‘मिस्टर बीन’ को सडक दुर्घटनामा मृत्यु भयो ? यस्तो छ वास्तविकता
बिहीबार, ०३ साउन २०७५, १३ : ०७
मिस्टर बीनको भूमिकामार्फत संसारभरीका मानिसलाई हँसाउने चर्चित हास्यकलाकार रोवन एटकिन्सनलाई कसले चिन्दैन र ? अब यी कलाकारको मृत्यु भएको खबर सार्वजनिक भएको छ । यसबारे सोसल मिडियामा अत्यधिक अफवाह फैलिएको छ ।
जुलाई ८ तारिखदेखि भाइरल भएको यो पोष्टलाई थुप्रैले वास्तविक मानिरहेका छन् तर यो खबर पूर्ण रुपमा झुटो भएको विभिन्न संचारमाध्यमले पुष्टि गरेका छन् ।
बुधबार उनको मृत्युको अर्को समाचार छापियो जसमा उनको लस एन्जलसमा एक कार दुर्घटनामा मृत्यु भएको खबर फेसबुक र ट्वीटरमा अत्यधिक सेयर भए ।
मिस्टर बीनको निधनको खबर फैलिएको यो पहिलोपटक भने होइन । सन् २०१७ मा पनि उनको मृत्युको खबर सार्वजनिक भएको थियो । त्यतिबेला फक्स न्यूजले उक्त खबर झुटो भएको र भाइरस फैलाउनका लागि प्रयोग गरिएको बताएको छ ।
यस्तै २०१६ मा पनि उनको मृत्युको अफवाह फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण