मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
शुभकामना सन्देश

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा अध्यक्ष दाहालको जोड

सोमबार, ०५ माघ २०८२, ०५ : २२
सोमबार, ०५ माघ २०८२

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ, प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उनले यस पर्वले सबै जातजातिका समुदायबिच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप