सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट
सारांश
- सल्यानमा नेकपाबाट रमेश मल्लले टिकट पाएका छन्, जो प्रचण्डका स्वकीय थिए।
- प्रकाश ज्वालाको गृह जिल्लामा मल्ल र ज्वालाबीच टिकटका लागि प्रतिस्पर्धा भएको थियो।
- अन्तिममा ज्वालाले मैदान छाडेपछि मल्लले टिकट पाए, र एमालेबाट गुलाबजंग शाह उम्मेदवार छन्।
सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्लले टिकट पाएका छन् । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका मल्लले टिकट पाउन सफल भएका छन् ।
सल्यान नेकपाका नेता प्रकाश ज्वालाको गृह जिल्ला हो । कुनै बेला एमाले हुँदा पनि उनी बलिया थिए, एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी ०७९ को चुनावमा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले चुनाव जितेका थिए ।
अहिले माओवादी, समाजवादी लगायत दलहरू मिलेर नेकपा बनेपछि जिल्लाबाट ज्वाला, मल्ल र टेकबहादुर बस्नेतको नाम सिफारिस गरिएको थियो ।
पार्टी केन्द्रमा टिकट फुत्काउन ज्वाला र मल्लबिच निकै रस्साकस्सी नै चलेको थियो । तर अन्तिममा ज्वालाले मैदान छाड्ने निर्णय गरेसँगै मल्लले टिकट पाए ।
स्वयम् ज्वालाले उम्मेदवारहरूको बिचको सहमति र वर्तमान परिस्थितिलाई समेत ध्यानमा राखेर संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालको नेतृत्वमा पार्टीको निर्णय अनुसार मल्ललाई उम्मेदवारको रूपमा अघि सारिएको बताए ।
सो क्षेत्रमा नेकपा एमालेबाट गुलाबजंग शाह उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण