राजनीति
कमल थापालाई टिकट दिएपछि हिक्मत कार्कीले छोडे राप्रपा
सोमबार, ०५ माघ २०८२, १५ : ०१
सारांश
- राप्रपाका युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन्।
- पार्टी नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उनले पार्टी छोडेका हुन्।
- उनले काठमाडौं-५ मा कमल थापालाई टिकट दिएकोमा असन्तुष्टि जनाएका थिए।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन् । पार्टीको नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उनले सोमबार पार्टी छोडेका हुन् ।
राप्रपाले काठमाडौँ–५ मा कमल थापालाई टिकट दिने निर्णय गरेको छ । उक्त क्षेत्रमा हिक्मत प्रबल दाबेदार थिए । थापालाई टिकट दिएको विषयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोड्ने निर्णय गरेका हुन् ।
राप्रपाको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका उनले पार्टीभित्रको पछिल्लो गतिविधिका कारण आफूलाई बस्न असम्भव भएको बताएका छन् ।
‘पार्टीभित्रको अहिलेको परिवेशले गर्दा त्यहाँ बस्न असम्भव हुँदो रहेछ, त्यसैले मैले छोड्ने निर्णय गरेको हुँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण