कांग्रेस मोरङका उम्मेदवारको लाग्यो टुंगो
सारांश
- नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रका लागि फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
- डा. शेखर कोइराला क्षेत्र नं. ६ बाट उम्मेदवार बनेका छन्, भने खड्ग फागो क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्।
- डा. मिनेन्द्र रिजाल क्षेत्र नं. २, सुनिल शर्मा क्षेत्र नं. ३, गुरुराज घिमिरे क्षेत्र नं. ४ र फुलकुमार लालबानी क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन्।
विराटनगर । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनको लागि मोरङका उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले मोरङका ६ वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
थापाले मोरङ क्षेत्र नं. ६ मा डा शेखर कोइरालालाई उम्मेदवार बनाएका छन् । यसअघि कोइरालाले थापाको हातबाट टिकट लिएर चुनाव नलड्ने बताएका थिए । कोइराला अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
काँग्रेसले मोरङ क्षेत्र नं. १ मा पार्टीका प्रदेश सहमहामन्त्री खड्ग फागोलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट चुनाव जितेका पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले टिकट पाएनन् । फागो गगन समूहका हुन् भने लिम्बू कोइराला समूहका ।
मोरङ क्षेत्र नंं. २ मा कोइराला समूहकै डा मिनेन्द्र रिजालले टिकट पाएका छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भने सो क्षेत्रमा उम्मेदवार भएकी सुजाता कोइराला पराजित भएकी थिइन् ।
मोरङ क्षेत्र नं. ३ मा सुनिल शर्मा उम्मेदवार बनेका छन् । कोइराला समूहका उनले अघिल्लो निर्वाचन सोही क्षेत्रबाट जितेका थिए ।
क्षेत्र नं. ४ बाट महामन्त्री गुरुराज घिमिरेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । घिमिरे अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेशसभाको उम्मेदवार भई पराजित भएका थिए । माओवादी केन्द्रसहितको समर्थनमा उम्मेदवार भएका उनलाई एमालेका जयप्रकाश चौधरीले पराजित गरेका थिए ।
मोरङ ४ बाट यसअघि लगातार २ निर्वाचन जितेका अमनलाल मोदी नेकपाका उम्मेदवार छन् भने नेकपा एमालेले अघिल्लो प्रदेशसभा निर्वाचनमा पराजित भएका जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नं. ५ बाट फुलकुमार लालबानी उम्मेदवार भएका छन् । उनी कांग्रेसका महासमिति सदस्य थिए । सो क्षेत्रबाट प्रदेशसभाका सदस्य अमृत अर्याल उम्मेदवार बन्न आकांंक्षी रहेपनि टिकट पाएनन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगी मण्डल विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण