ब्याडमिन्टन स्टार साइना नेहवालद्वारा संन्यासको औपचारिक घोषणा
नयाँ दिल्ली । भारतीय ब्याडमिन्टनकी सफल खेलाडी साइना नेहवालले व्यावसायिक ब्याडमिन्टनबाट संन्यास लिने औपचारिक पुष्टि गरेकी छन् । लामो समयदेखि घुँडाको समस्यासँग जुधिरहेकी उनले अब उच्च स्तरको खेल खेल्न सम्भव नभएको भन्दै खेल जीवनबाट बिदा लिने निर्णय गरेकी हुन् ।
पूर्वविश्व नम्बर एक साइना सन् २०२३ को सिंगापुर ओपन पछि कोर्टमा देखिएकी थिइनन् । यद्यपि, उनले त्यतिबेला संन्यासको औपचारिक घोषणा भने गरेकी थिइनन् ।
हालै एक पडकास्टमा कुरा गर्दै उनले आफूले दुई वर्ष अघि नै खेल्न छाडिसकेको र आफ्नै सिद्धान्तमा रहेर खेल सुरु तथा अन्त्य गरेकाले घोषणालाई खासै महत्त्व नदिएको बताएकी छन् ।
संन्यासको मुख्य कारण घुँडाको कार्टिलेज पूर्ण रूपमा खिइनु र आर्थराइटिस हुनु रहेको उनले खुलाएकी छन् । पहिले दिनमा ८–९ घण्टासम्म कडा प्रशिक्षण गर्ने साइनालाई अहिले १–२ घण्टा मात्रै अभ्यास गर्दा पनि घुँडा सुन्निने समस्याले सताउन थालेपछि यो कठिन निर्णय लिनु परेको हो ।
सन् २०१६ को रियो ओलम्पिकका क्रममा लागेको चोटले उनको करियरमा ठूलो असर पारेको थियो ।
भारतीय ब्याडमिन्टनमा नयाँ इतिहास रचेकी साइना ओलम्पिक पदक जित्ने पहिलो भारतीय ब्याडमिन्टन खेलाडी हुन् । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।
तीन पटक ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेकी साइनाले सन् २०१० र २०१८ को कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेकी थिइन् भने २०१७ को विश्व च्याम्पियनसिपमा कास्य पदक हात पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण