ट्रम्पको ‘शान्ति समिति’मा पुटिनलाई पनि निम्ता
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्वमा गाजा पुनर्निर्माणका लागि रुसी राष्ट्रपति पुटिनलाई निम्तो दिइएको छ।
- बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई पनि सो समितिमा सहभागी हुन निमन्त्रणा आएको छ।
- गाजालाई निशस्त्रीकरण गर्दै पुनर्निर्माण गर्ने उद्देश्यसहित शान्ति समिति गठन गर्न लागिएको हो।
मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा गठन हुन लागेको गाजाको पुनर्निर्माणसम्बन्धी ‘शान्ति समिति’मा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत निमन्त्रण आएको छ।
कूटनीतिक माध्यमबाट पुटिनलाई उक्त समितिमा सामेल हुन आग्रह आएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। सीएनएनका अनुसार क्रेमलिनले निमन्त्रणाको समीक्षा गरिरहेको छ भने अमेरिकी पक्षबाट थप विवरणको अपेक्षा गरिएको पेस्कोभको भनाइ छ। यस विषयमा सीएनएनले ह्वाइट हाउससँग प्रतिक्रिया मागेको जनाएको छ।
यसैबीच बेलारुसको विदेश मन्त्रालयले पनि राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई सो समितिमा सहभागी हुन निमन्त्रणा आएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार अमेरिकाले बेलारुसलाई ‘दीगो शान्ति निर्माणको जिम्मेवारी लिन तयार देश’का रूपमा हेरेको उल्लेख गरेको छ। लुकाशेन्को पुटिनका निकट सहयोगी मानिन्छन् र उनी ‘युरोपको अन्तिम तानाशाह’ भनेर समेत चिनिन्छन्।
संयुक्त राष्ट्रसंघ समर्थित अमेरिकी योजनाअन्तर्गत गाजालाई निशस्त्रीकरण गर्दै पुनर्निर्माण गर्ने उद्देश्यसहित उक्त शान्ति समिति गठन गर्न लागिएको हो। दुई वर्षसम्म इजरायल र हमासबीच चलेको युद्धका कारण गाजा गम्भीर रूपमा ध्वस्त बनेको छ।
तर ट्रम्पको यस पहलप्रति असन्तुष्टि पनि देखिन थालेको छ। आयरल्याण्डकी विदेश मन्त्री हेलेन म्याकएन्टीले समितिको अधिकार क्षेत्र गाजा शान्ति योजनाको कार्यान्वयनभन्दा फराकिलो हुन सक्ने चेतावनी दिएकी छन्। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको भूमिकाको महत्व अझै बढेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण